उपचार खर्च नहुँदा ११ वर्षे बालक अस्पतालमा यस्तो अवस्थामा, सहयोगको आग्रह (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ भदौ ८ गते ११:०२

गोर्खा जिल्ला, धार्चे गाउँपालिका वडा नं. ५ गुम्दा गाँउका ११ वर्षीय सुरज गुरुङको उपचारका लागि सहयोगको आग्रह गरिएको छ। पोखरा ११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत गुम्दाका पूर्णबहादुर गुरुङ र पुर्णि गुरुङको ११ वर्षीय छोरा सुरज गुरुङले आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर र उपचारका लागि आर्थिक अभाव भएकाले उपचार सहयोगका लागि आग्रह गरेका हुन्।
भुकम्प पीडित समेत रहेका गुरुङलाई अचानक एक्युट फ्लासिड प्यारालाइसिस (जि बी एस) भई मणिपाल शिक्षण अस्पतालको सघन कक्ष(आइसियु)मा उपचाररत छोरालाई बचाउन आर्थिक सहयोग गरिदिनुहुन बुबा पूर्णबहादुर गुरुङले अनुरोध गरे।
‘भुकम्प पीडित हुँ, आर्थिक अभावले २०७२ साल बैशाख १२ गते भत्केको घर पुननिर्माण पनि गर्न सकेको छैन। अचानक छोरा विमारी भई आफूले ऋण धन गरी उपचार गरे पनि अझै थुप्रै खर्च लाग्ने भएकाले छोरालाई नयाँ जीवन दिनका लागि उपचारका लागि सहयोगको आग्रह गर्दछु,’ बुबा पूर्णबहादुर गुरुङको आग्रह छ।
सुरज गुरुङ उपचार सहयोगका लागि बुवा पूर्णबहादुर गुरुङलाई ९८४६२५३२१६(गोर्खा) र आसमाया गुरुङलाई ९८५६०३४०९४(पोखरा)मा सम्पर्क गर्न सकिने बताइएको छ।