अब बेरोजगारलाई भत्ता, रोजगार सम्बन्धि विधेयक संसदमा दर्ता
आजको खबर | प्रकाशित : २०७५ भदौ ८ गते १२:३५

काठमाडौं । सरकारले रोजगार सम्बन्धि विधेयक संसदमा दर्ता गरेको छ । संसद सचिवालयमा दर्ता भएको उक्त विधेयकमा सरकारले बेरोजगारलाई कम्तिमा सय दिनको न्यूनतम ज्यालाको आधार रकम दिने उल्लेख छ।
सरकारले ल्याएको उक्त विधेयकमा कसैको परिवारको सदस्य रोजगार भएमात्र पनि बेरोजगारले भत्ता पाउनेछैन। त्यस्तै सरकारले तोकेको भन्दा वार्षिक कम आय भएका परिवारलाई मात्र यस्तो भत्ता दिने उल्लेख छ।
त्यस्तै चार दाजुभाइ भएको परिवारमा एक जना विदेशमा रोजगारमा गएको अवस्थामा बाँकी तीन जनाले यस्तो भत्ता प्राप्त गर्ने छैनन्। त्यस्तै पेन्सन बुझ्ने अवकाश प्राप्त कुनै प्रहरीको परिवारका दुई छोरारछोरी बेरोजगार भए पनि यस्तो भत्ताबाट वञ्चित हुनेछन्। विधेयकले पेन्सन भत्ता बुझ्ने परिवारमा यस्तो भत्ता नदिने व्यवस्था गरेको छ।
२०७५ भदौ ८ गते १२:३५ मा प्रकाशित