मलेसियासँग हुने भनिएको श्रम सम्झौता अझै अन्योलमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १२:४०

निर्मला घिमिरे, काठमाडाैँ। मलेसियामा नेपाली कामदार पठाउन दुई देशबीच हुने भनिएको श्रम सम्झौता अझै अन्यौलमै रहेको छ। तीन महिनादेखि रोकिएको मलेसियामा कामदार पठाउने प्रकृया सुरु हुने भनिए पनि सम्झौता प्रकृयागत रुपमा गर्नुपर्ने भएकाले तत्काल श्रम सम्झौता हुन नसक्ने भएको हो।

नेपाल सरकार र मलेसिया सरकारबीच श्रम सम्झौताको तयारी भइरहेको तर कति समयसम्म सम्झौता हुने भन्ने आधिकारिक टुङ्गो नभएको श्रम प्रवक्ता प्रकाश दाहालले बताए।

मलेसियन सरकारले भने नेपाल सरकारसँग श्रम सम्झौताका लागि चासो देखाएको छ। मलेसियन सरकारले श्रम सम्झौताको लागि तत्काल चासो देखाएपनि नेपाल सरकारले भने नेपाली कामदारलाई बायोमेट्रिक्स, माइग्राम, इमिग्रेसनलगायतका विषयमा हुने ठगी रोकी सुरक्षित तवरबाट वैदेशिक रोजगारीका लागि पहल गर्ने र मलेसियामा सुरक्षित रोजगारको प्रत्याभूती दिलाउन सक्ने व्यबस्था गर्न सके मात्र मलेसियाका लागि कामदार पठाइने भएकाले तत्काल सम्झौता गर्न नसकेको हो।

प्रवक्ता दाहालले भने, ‘छलफल हुँदैछ, त्यति हतार गरेर सम्झौता गर्न आवश्यक छैन।’ उनले मलेसियासँग हुने भनिएको श्रम सम्झौताबारे आन्तरिक छलफल भइरहेको भएपनि दुई देशबीच वार्ता पछि मात्र सरकारले श्रम सम्झौता गर्ने बताए। मलेशिया नेपालको मुख्य रोजगारदाता मुलुक हो।

मलेशियासँग श्रम सम्झौतामा ढिलाई हुँदा मलेशियामा जाने नेपाली कामदार अलमलमा परेका छन्। सरकारले भने श्रम सम्झौता नभएसम्म मलेशियामा नेपाली कामदार नपठाउने जनाएको छ। पटक पटक छलफल भएपनि टुंगोमा पुग्न नसकेपछि सरकारले हस्ताक्षर नभएसम्कालागि कामदार नपाठाउने सोच बनाएको हो।

२०७५ भदौ ८ गते १२:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर