चार वर्षपछि श्रीमान भेट्न जाँदा बाटैमा मृत्यु, यस्तो भयो दर्दनाक घटना

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १३:०८

एजेन्सी । भारतकी एक महिला उत्साहका साथ स्पेनमा रहेका श्रीमानलाई भेटन ४ वर्षपछि जानै लाग्दा उनको एक सवारी दुर्घटनामा मृत्यू भएको छ। स्पेनको भिजा लिएर दिल्लीबाट जालन्धर फर्कँदै गर्दा रजनी बाला (२४) चढेको बस र एक ट्रक एक आपसमा ठोक्कियो जसमा उनको मृत्यु भएको छ।

घटनामा बसका सहचालकको मृत्यु भएको छ भने चालक फरार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रजनीका आफन्तले रजनीको बिहे ४ वर्ष पहिला भएको बताए। उनीहरुका अनुसार स्पेनमा बस्ने उनका श्रीमानले स्पेनको भिजा पठाएर श्रीमतीलाई स्पेनमै बोलाएका थिए ।

रजनी दिल्ली पुगेर भिजा लगाएर घर फर्कँदै थिइन् । उनी २८ अगस्टमा स्पेन जाने टिकटसमेत बुक भइसकेको थियो ।

२०७५ भदौ ८ गते १३:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर