११ बर्षीय बालिकामाथी बलात्कार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १३:२१

एजेन्सी । भारतको राजधानी दिल्लीमा ११ बर्षीय बालिकामाथी बलात्कार भएको छ । दिल्लीको बसन्त कुञ्जको रंगपुर क्षेत्रमा बलात्कारीले अध्याराको मौका छोपेर बलात्कार गरेको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बुधबार राती सौचालय गर्न घर बाहिर आएकी बालिकालाई अपराधीले बलात्कार गरी फरार भएका छन् । उनी सौच गर्न घर नजिकैको सार्वजनिक सौचालय गएकी थिइन् ।

उनीहरुले बालिकालाई अध्यारोको मौका छोप्नै नजिकैको झाडीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । स्थानीय महिलाले देखेपछि बालिकाका आफन्त र प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार बालिकाको शरिरका विभिन्न भागमा चोट समेत लागेको छ । उनको गम्भीर अवस्थामा अहिले उपचार भइरहेको छ ।

२०७५ भदौ ८ गते १३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर