बच्चाहरुको झुसे रौँ हटाउन अपनाउनुहोस् यि घरेलु उपाय !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १३:३२

बच्चा जन्मिएपछि बच्चाको शरीरको विभिन्न भागहरुमा रौँ हुन्छन् । यस्ता रौँ आफैं हट्छन् । तर कतिप्या बच्चाहरुमा नहट्ने गर्छन् । यस्ता रौँ हटाउनको लागी विभिन्न केमिकल्सहरुको पनि प्रयोग गर्ने गरिन्छ । यस्ता केमिकल्सले बच्चाको शरीरमा समस्या ल्याउन सक्छन् । त्यसैले हामीले बच्चाको शरीरको रौँ हटाउनको लागी केमिकल्स प्रयोग गर्नुको सट्टा विभिन्न घरेलु उपायहरु अपनाउन सक्छौं ।

रौँ हटाउनको लागी निम्न उपायहरु अपनाउन सक्छौं :

१) मुसुरोको दाल : राति सुत्नेवेला चार चम्चाजति मुसुरोको दाल दूधमा भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर बच्चाको रौँ भएको ठाउँमा लगाउने । चारदेखि पाँच मिनेटसम्म राखेपछि मनतातो पानी र कपासले सफा गर्ने ।

२) बेसन : बेसन र दूधको पेस्ट बनाएर बच्चाको रौँ भएको शरीरको भागमा लगाउने । हप्ताको दुईपटकसम्म यस्तो गर्नाले बच्चाको शरीरमा भएको रौँ हराउँदै जान्छ ।

३) नतताएको दूध : नतताएको काँचो दूधले मालिस गर्दा पनि बच्चाको रौँ जान्छ । यसमा अझै आमाको दूध उपयुक्त मानिन्छ । काँचो दूधमा थोरै बेसार मिसाएर पनि लगाउन सकिन्छ । हप्तामा तीन–चारपटकसम्म प्रयोग गर्दा छिट्टै बच्चाको रौँ हराएर जान्छ ।

४) तेल : बच्चालाई तेलले मालिस गर्दा पनि रौँ हराएर जान्छ ।

५) मुल्तानी माटो : मुल्तानी माटोलाई दूधमा मिसाएर रौँ भएको भागमा लगाउँदा पनि बच्चाको शरीरमा भएको रौँ हराउँछ । तर, यस्तो पेस्ट बच्चाको शरीरमा लगाएपछि तत्काल साबुन प्रयोग गर्नु हुँदैन ।

२०७५ भदौ ८ गते १३:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर