सावधान ! धेरै सेल्फी तस्बिर खिच्नेलाई मानसिक रोगको खतरा
आजको खबर | प्रकाशित : २०७५ भदौ ८ गते १४:०८

दिनको तीनपटकभन्दा धेरै सेल्फी तस्बिर खिच्नेलाई मानसिक समस्या हुनसक्ने एक अध्ययनले देखाएको छ ।
लण्डनको नटिघंम ट्रेड युनिभर्सीटी र भारतको तामिलनाडु राज्यको त्यागराजार स्कुल अफ मेनेजमेन्टले संयुक्त रुपमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । सोही अनुसन्धानको डाटा इन्टरनेशनल जर्नल अफ हेल्थ एण्ड एडिक्शनमा प्रकाशित गरेको थियो ।
यस अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरुले यो सेल्फीसँग जोडिएकै कारण उक्त समस्यालाई सेल्फाइटिस नाम दिएका छन् । अनुसन्धानमा जुरेका नटिंघम विश्वविद्यालयका मार्क ग्रिफिथले भनेका छन् कि यो समस्याका बिरामीको पत्ता लगाउनकै लागि पहिलो सेल्फाइटिस बिहेभियर स्केल (सेल्फीबाट पर्ने चिन्ता मापक यन्त्र) पनि बनाइएको थियो ।
आफ्नै किसिमको अनौठो यो स्केललाई २०० जनालाईै फोकस ग्रुपमा र ४०० जनामाथि सर्बे गरिसकेपछि मात्र बताइएको थियो । उनका अनुसार धेरै सेल्फी खिच्नेहरुलाई प्रायःजसो यो नशाको रुपमा स्थापित हुने र व्यक्तिमा असर पार्ने बताइएको छ ।
सेल्फी लिएकै कारण सन् २०१४ मार्च देखि २०१६ सेक्टेम्बर सम्ममा संसारभर १२७ जनाको ज्यान गइसकेको छ भने यीमध्ये ७६ जना भारतीय नागरिकहरु रहेका छन् ।
कसरी पत्ता लगाउने सेल्फाइटिस ?
अनुसन्धानका अनुसार यसका तीन तरिका छन् । ती हुन् –
पहिलो : दिनमा तीनचोटि सेल्फी खिच्नैपर्ने तर सामाजिक सञ्जालमा पोष्ट नगर्ने ।
दोस्रो : सेल्फी सामाजिक सञ्जालमा पोष्ट गर्न सुरु गर्ने ।
तेस्रो : हरेक समय आफ्नो फोटो सामाजिक सञ्जालमा पोष्ट गर्न कोशिश गर्ने ।
यस्तो समस्या भएका मानिसहरु दिनमा कम्तीमा छवटा फोटो पोष्ट गर्ने गरेको अध्ययनले बताएको छ । अनुसनधानमा के पनि खुलाइएको छ भने सेल्फाइटिसबाट ग्रस्त मानिसहरु प्रायःजसो आफ्नो आत्मविश्वास, मूड राम्रो बनाउन, आफ्नो यादहरु सम्झाउन, आफ्नो सक्रियता देखाउन र अरुभन्दा आफू फरक रहेको देखाउन समय समयमा सेल्फी लिने गर्छन् ।