रोनाल्डोको स्थानमा एम्बाप्पे ल्याउन अन्तिम प्रयास गर्दै म्याड्रिड

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १३:५२

एजेन्सी । क्रिस्टियानो रोनाल्डोे क्लब छाडेपछि उनका स्थानमा पेरिस सेन्ट जर्मनका केलिएन एम्बाप्पेलाई ल्याउन रियल म्याड्रिडले अन्तिम प्रयास गरेको छ।

स्पेनिस क्लब रियल म्याड्रिडले यसै सिजनमा स्टार रोनाल्डोलाई ८८ मिलियन पाउन्डमा यूभेन्ट्सलाई बेचेपछि उनको विकल्प पाउन सकेको छैन्।

रोनाल्डोको स्थानमा हाल गेराथ बेलले काम चलाईरहेको म्याड्रिडलाई तत्काल नयाँ विकल्प खोज्नुपर्ने दबाब बढेको छ। स्पेनिस पत्रिका मार्काका अनुसार रियलले एम्बाप्पेका लागि अन्तिम प्रयास गरिरहेको छ।

पीएसजीले गत सिजनमा नेमार र एम्बाप्पलेलाई ठूलो रकमा भित्र्याउँदा आर्थिक आचारसंहिता तोडेको भन्दै हाल यूरोपियन फुटबलले उसमाथि अनुसन्धान गरिरहेको छ।

यदि पीएसजीले आचारसंहिता तोडेको पाइएमा उसले नेमार या एम्बाप्पेमध्ये एकलाई बेच्नुपर्ने हुन्छ र त्यसका लागि एम्बाप्पे किन्ने तयारी म्याड्रिडले गरेको हो।

२०७५ भदौ ८ गते १३:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर