कञ्चनपुर हत्याकाण्डलाई लिएर काँग्रेस नेता रामचन्द्र पौडेल आक्रोशित

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १४:१५

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुरमा दिनहुँ गोली चलेको घटनालाई न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकलाई गोली चलाएर निर्मम दमन गर्ने घटना यो २१ औं शताब्दीको अन्त्यमा कल्पनासम्म पनि गर्न नसक्ने घटना भनि टिप्पणी गरेका छन्।

उनले कञ्चनपुरका सबै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । पौडेलले एक विज्ञप्ती प्रकाशितगर्दै भनेका छन्, ‘कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको बारेमा उचित छानविनको माग गर्दै शान्तिपुर्ण प्रर्दशनमा उत्रिएका सर्वसाधरण प्रति सरकारले निर्मम तवरबाट गोली चलाएको घटनाको सर्वप्रथम म धोर भत्र्सना गर्दछु।’

उनले निहत्था नागरिक तथा बालबालिकामाथि अन्धाधुन्द गोली चलाउँदा १४ बर्षिया बालक चेतन भट्टको निधनभएको घटनाले अत्यत्नै दुखिबनाएको बताए।

यसैबीच वरिष्ठ नेता पौडेलले कञ्चनपुरमा बिहीबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

२०७५ भदौ ८ गते १४:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर