प्रहरीको फरार सूचीमा विप्लव, फेरि पक्राउ परे अर्का नेता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १४:२१

बुटवल । गएको साउन २८ गते बुटवल स्थित भारतीय पेन्सन क्याम्पमा बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लवका केन्द्रिय नेता चन्द्र बहादुर खड्का लाई प्रकाउ गरेको छ ।

बम विस्फोटको घटनाको अनुसन्धान गर्दै जाने क्रममा खड्का समेतको संलग्नता रहेको प्रमाण फेला परेपछि उनलाई काठमाडौ चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिएका छन्।

प्रहरीले कार्यकर्ता प्रकाउ गरेपछि विप्लवले तत्काल रिहा गर्न भन्दै विज्ञप्ति जारी गरेका छन् । तत्काल रिहा नगरे संर्घषका कार्यक्रम तय हुने समेत जनाएका छन् । विप्लवले विनकारण प्रकाउ गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । यद्धपी प्रहीले भने नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव,लगायतका नेतालाई फरार अभियुक्तहरु भन्दै प्रेस विज्ञप्ति निकालेको छ ।

२०७५ भदौ ८ गते १४:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर