विश्व बैङ्कले नेपाललाई एक अर्ब ६४ करोड ऋण दिने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १५:०६

काठमाडौं । एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार परियोजना कार्यान्वयन गर्न विश्व बैङ्कले नेपाल सरकारलाई रु एक अर्ब ६४ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ।

अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा उक्त बैङ्कका देशीय व्यवस्थापक फारिस हादाद जार्भोस र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे।

त्यस अवसरमा देशीय व्यवस्थापक जार्भोसले नेपाल सरकारको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी सुझबुझपूर्ण निर्णयको प्रशंसा गरे। सहसचिव नेपालले नेपालको सामाजिक, आर्थिक विकासमा विश्व बैङ्कबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे।

२०७५ भदौ ८ गते १५:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर