कञ्चनपुर सदरमुकाममा अनिश्चीतकालिन कर्फ्यू जारी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १५:४०

कञ्चनपुर । १३ बर्षीया बालिका निर्मला पन्तको हत्या पछि विरोधस्वरूप भइरहको आन्दोलन झन् हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चतकालीन कफ्‌र्यु जारी गरेको छ।

शुक्रबार बेलुकी बसेको सुरक्षा समितिको बैठकले राती ८ बजेदेखि अर्को सुचना जारी नहुन्जेलका लागि भीमदत्तनगर नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको हो । समितिले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ र १८ मा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको जनाइएको छ।

पछिल्लो दिन भीमदत्तनगर नगरपालिका क्षेत्रमा बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किदै आएको छ। शुक्रबार पनि सोही माग गर्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको थियो । नेविसंघको प्रदर्शन उग्र हुँदै गएपछि प्रहरीले गोली चलाउँदा स्थानीय किशोर भट्टको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् ।

२०७५ भदौ ८ गते १५:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर