बाघको आक्रमणबाट चितवनमा एकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते ०:४३

चितवन । माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाईभैंसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए ।

वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा शुक्रबार बिहान ११ बजे शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार राई टाउको र एउटा फिला नभएको अवस्थामा भेटिएको र शवपरीक्षणका लागि भरतपुर ल्याइएको छ ।रासस

२०७५ भदौ ९ गते ०:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर