बिमस्टेक सम्मेलनका कारण काठमाडौंका गाडीमा जोर विजोर प्रणाली

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १:०४

काठमाडौं । भाद्र १३, १४ र १५ गते काठमाडौंमा ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लगाउने भएको छ ।

उक्त जोर विजोर प्रणाली चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सवारी व्यवस्था मिलाउनका लागि लगाउन लागिएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाउने भएको हो ।

काठमाडौंमा सवारी चाप अत्यधिक रहेकाले बिमस्टेक शिखर सम्मेलनका पाहुना आवतजावत गराउन समस्या हुने भएकाले जोर विजोर प्रणाली लागू गरिएको हो ।

२०७५ भदौ ९ गते १:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर