बिहे भएको ३ महिनामै श्रीमान–श्रीमतीद्वारा झुण्डिएर आत्महत्या

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १:२७

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आत्महत्या गरेका छन् ।

आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमानरश्रीमती अलग–अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताए ।

मृतकका भाइले झ्यालबाट दाइरभाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

२०७५ भदौ ९ गते १:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर