टिनको पाताले छिनेको हात सफल रूपमा जोडियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १:३५

सुर्खेत । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनेका हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. मंगल रावल, डा हरिहर देवकोटा, डा रमेश भट्टराई र सुर्खेत अस्पतालका डा. हरि सापकोटाको टोलीले बिरामी रमेश थारुको छिनालिएको दायाँ हात शल्यक्रिया गरेर जोडेका हुन् । बारदिया गाउँपालिका–४ बर्दिया गुरुवागाउँ घर भई सुर्खेतमा मिस्त्रीको कामगर्दै आएका २४ वर्षीय थारुको हात शल्यक्रियागरी जोडिएको डा.रावलले जानकारी दिए ।

थारुको साउन ३१ गते सुर्खेत एयरपोर्टस्थित घरको काम गर्ने क्रममा छतबाट खसेको टिनको पाताले दायाँ हात छिनालिएको थियो । हात छिनालिँदा घटनास्थलमै उनको चार लिटर बढी रगत बगेको र तत्काल माया नर्सिङहोममा प्राथमिक उपचारगरी क्षेत्रीय अस्पतालमा ल्याइएको उनले बताए ।

‘छिनालिएको हात जोडिनु पश्चिम नेपालको यो ठूलो सफल शल्यक्रिया हो ।’ डा रावलले भने, यस्तो खाले जटिल शल्यक्रियामा कमै मान्छेको मात्र जीवन बचाउन सकिन्छ । छिनालिएको हातबाट शरीरको अधिकतम् रगत बगिसकेको र सबै रक्तनलीका छिनिएकाले चुनौतीका बीचबाट यो शल्यक्रिया गरिएको उनले बताए ।

कागजजस्तो सेतो भइसकेका थारुलाई सात पिन्ट रगत दिइएको थियो । डा हरिहर देवकोटाले बिरामी थारुले रगतसहित तुरुन्तै उपचार पाएर मात्र ज्यान जोगिएको बताए । बिरामी थारुले गइसकेको जीवन फर्काउने चिकित्सकलाई भगवानको उपमा दिए ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले नेपालको पहिलो फिस्टुला अस्पतालका रुपमा परिचित  यस अस्पतालको चिकित्सक टोलीले सफलता हासिल गरेको जनाए । इच्छाशक्ति र टोलीको साझा प्रयासले नसोचेको कुरा पनि हुँदो रहेछ । उनले भने, ‘अब कर्णालीका जनताले धेरै ठूलो खर्च गरेर निजी अस्पताल धाउनु पर्दैन ।’ रासस

२०७५ भदौ ९ गते १:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर