सांसदहरूको मागः ‘बलात्कारीलाई आजीवन जेल सजाय’

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते २:२३

काठमाडौँ । प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू महिला हिंसा र बलात्कार घटनाका पीडकलाई आजीवन जेल सजाय हुने कानुन ल्याउन एकमत देखिएका छन् ।

दुई महिनाअघि संसद् सचिवालयमा दर्ता गराइएको संकल्प प्रस्तावमाथिको छलफलमा उनीहरू महिलामाथि हुने हिंसा, शोषण, विभेदविरुद्ध एकजुट भएका हुन् । यस्ता घटना रोक्न सांसदहरूले साझा एजेन्डा बनाएको आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

असार २१ मा २२ सांसदले महिला हिंसा अन्त्यको माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव शुक्रबारको बैठकले सर्वसम्मतिले पारितसमेत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संकल्प प्रस्तावमा उठाइएका विषयमा प्रतिबद्धता जनाउँदै सरकार महिला हिंसा पूर्णरूपमा अन्त्य गर्न प्रयासरत रहेको बताइन् ।

२०७५ भदौ ९ गते २:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर