चेल्सीमा इडन हाजार्डको भविष्यबारे बुबाको यस्तो प्रतिक्रिया
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते २:३४

एजेन्सीं । स्टार इडन हाजार्ड चेल्सी मै रहने उनका बुबा थियरी हाजार्डले बताएका छन्। विश्वकप पछि बेल्जियमका स्टार रियल म्याड्रिड जाने हल्ला बाक्लिएको थियो।
क्रिस्टियानो रोनाल्डोले छाडेपनि उनको स्थानमा म्याड्रिडले पनि हाजार्ड भित्र्याउने प्रयास गरेको थियो। तर, रियलबाट प्रशिक्षक जिनाजिन जिदान पनि बाहिरिएपछि आफ्ना छोराले म्याड्रिडबारे केही नसोचेको बुबा थियरीले बताएका छन्।
यसअघि डिसेम्बरमा बुबा थियरीले नै छोरा हाजार्डले चेल्सीको नयाँ सम्झौता नथप्ने र रियल म्याड्रिड जाने संकेत दिएका थिए।
तर, चेल्सी भने कुनैपनि हालतमा हाजार्डलाई क्लबबाट जान नदिने मुडमा थियो। त्यसकारण क्लबले हप्ताको तीन लाख पाउन्ड दिने अफर समेत गरेको थियो।
क्लबले मोटो रकम दिने भएपछि हाजार्डको मन परिवर्तन भएको पनि धेरैले शंका गरेका छन्।
२०७५ भदौ ९ गते २:३४ मा प्रकाशित