नारायणगढ–मुग्लिन सडकमा बस र ट्रक ठोक्किए, २८ यात्रु घाइते

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते २:५६

चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार बिहान बस र ट्रक ठक्कर खाँदा २८ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेको थियो ।

बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।रासस

२०७५ भदौ ९ गते २:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर