वालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक जारी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते ४:४३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

निर्मला पन्त हत्या प्रकरणको विरोधमा कञ्चरपुरमा आन्दोलन चर्किदै गएपछि नेकपाले आकस्मिक बैठक बोलाएको हो। बैठकमा कञ्चरपुरको भइरहेको हिंसात्मक घटनाका बारेमा छलफल हुने प्रधानमन्त्री स्रोतले जनाएको छ। शुक्रबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।

पन्तको हत्याको विरोधस्वरूप भइरहको आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चतकालीन कफ्‌र्यु लगाएको छ।

शुक्रबार बेलुकी बसेको सुरक्षा समितिको बैठकले राती ८ बजेदेखि अर्को सुचना जारी नहुन्जेलका लागि भीमदत्तनगर नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको थियो । तर उक्त कर्फ्यु अहिलेसम्म जारी छ।

२०७५ भदौ ९ गते ४:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर