नेकपाको आकस्मिक निर्णय : बलात्कारीका दोषीलाई कडा कारबाही गरिने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते ६:०८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आकस्मिक बैठकले निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्ने निर्णय गरेको छ।

आज बिहान बालुवाटारमा बसेको आकस्मिक बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउन र शान्ति सुरक्षाप्रति गम्भीर कदम चाल्ने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बैठकमा अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न पनि सबैमा अपील गरेको छ।

निर्मला पन्त हत्या प्रकरणको विरोधमा कञ्चरपुरमा आन्दोलन चर्किदै गएपछि नेकपाले आकस्मिक बैठक बोलाएको हो। बैठकमा नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा केही सचिवालय सदस्यपनि उपस्थित  थिए।

पन्तको हत्याको विरोधस्वरूप भइरहको आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चतकालीन कफ्‌र्यु लगाएको छ।

शुक्रबार बेलुकी बसेको सुरक्षा समितिको बैठकले राती ८ बजेदेखि अर्को सुचना जारी नहुन्जेलका लागि भीमदत्तनगर नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको थियो । तर उक्त कर्फ्यु अहिलेसम्म जारी छ।

२०७५ भदौ ९ गते ६:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर