प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते ६:२२

गाईघाट, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको छ ।

बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पशुपतिकुमारी चौधरीले बताए ।

आठ बिगाहा सोह्र कठ्ठा जग्गाको बृहत क्षेत्रफलको उक्त बसपार्कको टिकट काउण्टर हल, यात्रु प्रतिक्षालय, सार्वजानिक शौचालय निर्माण पूर्णरूपमा सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका सदस्य ज्ञानबहादुर राउतले बताए।

उक्त बसपार्क निर्माणको लागि शहरी विकास मन्त्रालय र त्रियुगा नगरपालिकाले गरी कूल रु एक करोड बजेटमा बसपार्क निर्माण सम्पन्न भएको समितिका अध्यक्ष चौधरीले बताए। यता १ नं प्रदेश सरकारले समेत बसपार्कको बाहिरी कम्पाउण्ड घेराबेराका लागि रु २० लाख बजेट बिनियोजन गरेको समितिका पदाधिकारी बताउँछन् ।

बरुवा बसपार्क हालको सुनसरी चतरा, गाईघाट, कटारी, हेटौंडा हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गलाई ध्यानमा राखेर १ नं प्रदेशकै बृहत र सबैभन्दा ठूलो बसपार्क निर्माण गरिएको त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताए ।रासस

२०७५ भदौ ९ गते ६:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर