सात लाख मूल्य बराबरको गरगहना र धनमाल चोरी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते ६:३१

लहान । सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ ।

घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन् । घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनको मनटिक्का, सुनको बजरंगबली मूर्ति, सुनको औँठी चार थान, कान र नाकको टप, चाँदीको करा ४० भरको हसुली, ७० वटा चाँदीको सिक्का ४० भरीको हारी १० भरीको बलिया तीन सेटलगायतका सामान चोरी भएको यादवले जानकारी दिए ।

साथै चोरले एक थान मोबाइल सेट तथा पाँच हजार भारतीय रुपैयाँसमेत लगेको यादवले बताए । यता प्रहरीले घटनाबारे छानबिन र चोरको खोजतलास भइरहेको जनाएको छ ।रासस

२०७५ भदौ ९ गते ६:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर