निर्मला हत्या प्रकरणः अनुसन्धानका लागि दिदीबहिनी पक्राउ
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते ६:५४

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान निर्मला पन्तको साथी बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट उनिहरुलाई पक्राउ गरिएको हो ।
उनिहरुको घरबाट पढेर फर्कँदै गर्दा ११ गते निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या भएको थियो । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन । प्रहरीका अनुसार अहिले उनिहरुसंग घटनामा संलग्न भए नभएको बारेमा सोधपुछ चलिरहेको छ।
२०७५ भदौ ९ गते ६:५४ मा प्रकाशित