व्यस्त सडकको बीचमा दिनदहाडै बलात्कार, प्रहरी र सयौं जनता रमिते बने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते ९:५७

आर्यन धिमाल

काठमाडौं। राजधानीको नयाँबानेश्वरको व्यस्त सडकमा शनिबार दिउँसो निकै आश्चर्यजनक दृश्य देखियो। यहाँ एक पुरुषले एक महिलालाई बीच सडकमै बलात्कार गरे। उनले ती महिलालाई बलात्कार गरिरहँदा त्यहाँ भएका प्रहरी र सयौं आम नागरिक रमिते बनेर हेरे।

यो सबै दृश्य साँच्चैको बलात्कारको भने होइन। देशमा भइरहेका बलात्कारका घटनामा दोषीलाई कडा कारवाहीको माग गर्दै आन्दोलनरत सचेत नागरिकले प्रतीकात्मक रुपमा यो प्रदर्शन गरेका हुन्।

 

 

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको मागसहित नागरिकले स्वतःस्फुर्त रुपमा आज विरोध र्याली आयोजना गरेका थिए । त्यही र्यालीको क्रममा सरकारको लाचारीप्रति व्यङ्ग्यस्वरुप यो प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरुले राजधानीको बबरमहल र बानेश्वरमा गरी दुई पटक यस्तो प्रतिकात्मक प्रदर्शन गरेका थिए। नाटक शिल्पी थिएटरका कलाकारहरुले देखाएका थिए।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म चलेको शाीनतपूर्ण र्यालीका क्रममा सहभागीहरुले कुनै उत्तेजनात्मक अभिव्यक्ति दिएनन्। न त चर्क नारा लगाए। र्यालीका क्रममा अमानवीय घटना भएको प्रदर्शन भइरहँदा केही ठाउँमा फाट्टफुट्ट नारा लागे त्यसबाहेक प्रदर्शन शान्तिपूर्ण रह्यो।

उनीहरुले सबै कुरा आफूहरुको नाटकीय प्रदर्शन, आफूसँग बोकेका प्लेकार्ड र आफूहरुको पहिरनमार्फत दर्शाएका थिए ।

प्रदर्शनका फोटोहरु

२०७५ भदौ ९ गते ९:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर