घुँघी खाँदा महिलाको यो हालत , पुरै शरीर मैन जस्तै पग्लियो
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १०:३७

एजेन्सी । अमेरिकाको टेक्सासमा एक अनौठो घटना भएको छ । यहाँकी एक महिलाको सन्दिग्ध अवस्थामा मृत्यु भयो । पछि थाहा भएकी ती महिलाले समुन्द्रमा पाइने २४ वटा घुँघी खाएकी थिइन् ।
जसका कारण उनको मृत्यू भयो । यो घटना गएको वर्षको हो । मृतक महिला जेनेट ली बक्सले गत वर्ष लुसियानामा २४ वटा जिउँदा घुँघी खाएकी थिइन् ।
घुँघी आएको केही समयसम्म त ठिकै थियो तर विस्तारै उनको स्वास्थ्य खराब भयो । ४८ घण्टाभित्र उनको अवस्था निकै नाजुक भयो । उनका दुबै हात र खुट्टा गल्न थालेका थिए ।उनको यस्तो हालत देखेपछि उनलाई अस्पताल पुर्याइयो ।
जब अस्पतालका डाक्टरले उनको स्वास्थ्य जाँचे डाक्टरको होस उड्यो । डाक्टरहरुले ती महिलाको शरीरमा भाइब्रोसिस नामको एक व्याक्टेरिया प्रवेश गरेको पत्ता लगाए ।
यो भाइरसकै कारण उनको शरीर पुरै गल्न थालेको थियो । यो भाइरस ती घुँघीबाट शरीरमा प्रवेश गरेको डाक्टरहरुले बताएका छन् । अस्पतालमा उपचार गराउँदा पनि उनी २१ औं दिनमा यो संसारबाट विदा भइन् ।
डाक्टरहरुले यो व्याक्टेरियाका कारण मानिस ३६ देखि ४८ घण्टा भित्र मर्ने बताएका छन् । तर जेनेट भने २१ दिनसम्म बाँचेकी थिइन् ।