नियमित ४ वर्षसम्म सम्भोग गर्दा पनि महिला भर्जिन ! कारण जान्दा डाक्टर चकित

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १०:५५

एजेन्सी। चीनमा एक दम्पती बिहे गरेको ४ वर्षसम्म नियमित सम्भोग गर्दा पनि महिला गर्भवती नभएको भन्दै डाक्टरकहाँ गए । उनीहरुले डाक्टरलाई भने कि उनीहरुले नियमित रुपमा सम्भोग गरिरहेका छन् तर पनि गर्भ रहेन । डाक्टरले महिलाको स्वास्थ्य परीक्षण गर्दा उनीमा बच्चा जन्माउन नसक्ने खालको कुनै कमजोरी देखिएन बरु टाक्टरले अर्कै कुरा पत्ता लगाए । डाक्टरले जाँच गरेपछि थाहा पाए कि ती महिला त अझैसम्म कुमारी अर्थात भर्जिन नै थिइन् ।

चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार परीक्षणको रिपोर्टपछि डाक्टर छक्क परे किनकि ती दम्पतीले ४ वर्षदेखि नियमित सम्भोग गरेको बताएका थिए । यति हुँदाहुँदै पनि महिला भर्जिन चाहिँ कसरी रहिन् त ? जब डाक्टरले उनीहरुसँग सम्भोगको तरिकाको बारेमा सोधे त्यसपछि उनीहरुको जवाफ सुनेर त डाक्टरको होसहवास उड्यो । डाक्टरले नै हाँसो थाम्न सकेनन् । किनकि उनीहरुले कहिल्यै प्राकृतिक सम्भोग गरेकै थिएनन् ।

२६ वर्षका पति र २४ वर्षकी जवान पत्नीले आफ्नो समस्याका बारेमा बताउँदा डाक्टरहरु नै अचम्ममा परे । वास्तवमा ती लोग्नेस्वास्नीमा सम्भोगको बारेमा निकै अनभिज्ञता रहेको पाइयो । महिलाका अनुसार उनका लागि सम्भोग निकै पीडादायक हुने गरेको छ । सम्भोगका क्रममा उनलाई निकै नै दुखाई महसुस हुने गर्दछ । तर यस्तो दुखाई महसुस हुने कारण भने अर्कै रहेको पाइयो ।

ती लोग्नेस्वास्नीले प्राकृतिक सम्भोग गर्दा रहेनछन् । उनीहरुले गुँदामैथुन, मुखमैथुन तथा हस्तमैथुन जस्ता अप्राकृतिक यौनक्रिडाहरु गर्दा रहेछन् । गर्भ रहनका लागि योनी र लिंगबीचमै सेक्स हुनुपर्दछ भन्ने कुरा त्यो दम्पत्तिमा जानकारी नरहेको थाहा पाउँदा डाक्टरहरु नै अचम्ममा पर्नु स्वभाविकै हो ।

यसरी प्राकृतिक रुपमा यौनांग सम्भोग नगरी अप्राकृतिक यौनक्रिडा गरेकै कारण पत्नी चाहीँ चार वर्षको नियमित यौनक्रिडापश्चात् पनि वास्तवमा भर्जिन रहन सफल भइन् । त्यस्तो थाहा पाएपछि ती दम्पत्ति लाजले रातोपिरो भए । डाक्टरहरुले उनीहरुलाई गर्भाधारण गर्ने उपायहरुको बारेमा मनग्गे सल्लाह सुझाव दिएर पठाए ।

२०७५ भदौ ९ गते १०:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर