बोकाको नाम सलमान खान ! मुल्य मात्रै ८ लाख

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते ११:३९

एजेन्सी । सलमान खान नाम नै काफि छ । बलिउडका सुपरस्टार सलमान खान हुन् । तपाईले सलमान खान नाम गरेका अन्य मानिसहरुको पनि सुन्नु भएको होला । जनावरको नाम नै सलमान खान कहिले सुन्नु भएको छ ? तर, भारतमै सलमान खान नामको बोका भने छ । सुन्दै अचम्म ! बोकाको नाम देशकै ठूला कलाकारको नामबाट !

हो, भारतको गोरखपुरका एक व्यक्तिले आफूले पालेको बोकाको नाम सलमान खान राखेका छन् । सोही कारण उक्त बोका अहिले निकै चर्चामा छ । सामाजिक सन्जालमा त्यो बोका भाईरल समेत भैरहेको छ ।

२ दिनअघि मुसलमान समुदायको महान चाड इद परेको थियो । सोही दिन गाउँमा लागेको मेलामा उनले सलमान खान नामको बोका बिक्रीमा राखेका थिए ।

उक्त बोकाको मूल्य मात्रै ८ लाख (नेपाली) राखेका थिए । सलमानलाई निकै मेहनत लाएर पालिएकाले त्यसको मूल्य महँगो राखेका उनले बताएका छन् ।

२०७५ भदौ ९ गते ११:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर