‘यूनिभर्स बोस’सँग सन्दीप लामिछाने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १२:५३

यतिवेला वेस्ट इण्डिजका महान ब्याट्सम्यान क्रिस गेलसँग नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने एउटै टोलीबाट खेलिरहेका छन्।

वेस्ट इण्डिजमा जारी घरेलु क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा सन्दीप र गेल एउटै टोलीबाट खेलिरहेका हुन्। सन्दीपले शनिबारमात्रै आफ्ना स्टार सहकर्मी गेलसँगको तस्बिर सार्वजनिक गर्दै ‘यूनिभर्स बोस’ लेखेका छन्।

सन्दीपले सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सबाट ४ खेल खेल्दै ७ विकेट लिइसकेका छन्। पहिलो खेलमा एमाजोन क्लबविरुद्ध २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा टी एण्ड टी राइडर्सविरुद्ध एक विकेट हात पारेका थिए।

यस्तै तेस्रो खेलमा टालओवासँग र चौथो खेलमा स्टार क्लबविरुद्ध पनि दुई विकेट लिएका थिए। सो खेलमा उनले अस्ट्रेलियाका डेविड वार्नरको विकेट लिएका थिए।

नेपाली टोली अगष्ट २९ देखि मलेसियामा सुरु हुने एसिया कप छनौट खेल्दैछ। सन्दीप भने अगष्ट २८ मा वेस्टइण्डिजबाट सोझै मलेसिया प्रस्थान गर्नेछन्।

२०७५ भदौ ९ गते १२:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर