यी महिलाले के खाइन त्यस्तो, जसले पुरै शरीर मैन जस्ते पग्लियो
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १३:१०

एजेन्सी । अमेरिकाको टेक्सासमा एक अनौठो घटना भएको छ । यहाँकी एक महिलाको सन्दिग्ध अवस्थामा मृत्यु भयो । पछि थाहा भएकी ती महिलाले समुन्द्रमा पाइने २४ वटा घुँघी खाएकी थिइन् ।
जसका कारण उनको मृत्यू भयो । यो घटना गएको वर्षको हो । मृतक महिला जेनेट ली बक्सले गत वर्ष लुसियानामा २४ वटा जिउँदा घुँघी खाएकी थिइन्।
घुँघी आएको केही समयसम्म त ठिकै थियो तर विस्तारै उनको स्वास्थ्य खराब भयो। ४८ घण्टाभित्र उनको अवस्था निकै नाजुक भयो । उनका दुबै हात र खुट्टा गल्न थालेका थिए ।उनको यस्तो हालत देखेपछि उनलाई अस्पताल पुर्याइयो।
जब अस्पतालका डाक्टरले उनको स्वास्थ्य जाँचे डाक्टरको होस उड्यो। डाक्टरहरुले ती महिलाको शरीरमा भाइब्रोसिस नामको एक व्याक्टेरिया प्रवेश गरेको पत्ता लगाए ।
यो भाइरसकै कारण उनको शरीर पुरै गल्न थालेको थियो । यो भाइरस ती घुँघीबाट शरीरमा प्रवेश गरेको डाक्टरहरुले बताएका छन्। अस्पतालमा उपचार गराउँदा पनि उनी २१ औं दिनमा यो संसारबाट विदा भइन्।
डाक्टरहरुले यो व्याक्टेरियाका कारण मानिस ३६ देखि ४८ घण्टा भित्र मर्ने बताएका छन् । तर जेनेट भने २१ दिनसम्म बाँचेकी थिइन्।