कञ्चनपुरपछि पोखरामा १३ वर्षकी बालिकाको शव भेटियो, बलात्कारपछि हत्याको आशंका

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १३:२७

पोखरा । कञ्चनपुरमा भएको बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटना नसेलाउँदै फेरि पोखरामा यस्तै शंखास्पद घटना घटेको छ।

एक किशोरीको शव फेला परेको हो। १३ वर्षकी पुष्पा केसीको शव फेला परको हो। केसी विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी थिइन्।

पोखरा लामाचौरकी शैलजा स्मृति पार्कको झाडीमा मृत अवस्थामा भेटिएको हो। पुष्पाको बलात्कार भएको स्थानीयले आशंका गरेका छन्। मृतकको स्कर्ट शव भएको स्थान भन्दा अलि पर भेटिएपछि स्थानीयले आशंका गरेका हुन्।

पुष्पाको योनाङ्गबाट रक्तश्राव भएको पाइएको स्थानीयले बताएका छन्। प्रहरीले भने अहिल्यै केही बोल्न चाहेको छैन।

२०७५ भदौ ९ गते १३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर