जेलमा बलात्कारी बाबाको १ वर्ष पूरा, जेलभित्र पढ्न थाले बाइबल
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १३:५५

एजेन्सी। डेरा सच्चा सौदा प्रमुख गुरमित राम रहीम सिंह जेल गएको आज १ वर्ष पूरा भएको छ । यी ३६५ दिनमा बाबाको हालत के भयो र उनको जिन्दगी कसरी कट्यो भन्ने विषयमा भारतीय दैनिक अमर उजालाले विशेष रिपोर्ट प्रकाशित गरेको छ। बाबा राम रहीम बलात्कारी प्रमाणित भएसँग गतवर्षको अगष्ट २५ तारिखमा जेल गएका थिए ।
राम रहीमलाई साध्वीको यौन शोषण गरेको अभियोगमा २७ अगष्ट २०१७ मा दोषी ठहर गरिएको थियो । त्यही दिन पंचकुला समेत सिरसा र हरियाणाभर हिंसा भएको थियो । हिंसामा करिब ३८ जनाको मृत्यु भएको थियो, कैयौं घाइते भएका थिए र धनमालको ठूलो नोक्सानी भएको थियो । बाहिरको माहोल बिग्रिन लागेको देखेपछि बाबालाई २५ अगष्टकै दिन सुनारिया जेल रोहतक पठाइएको थियो । यही जेलमै २८ गते सुनुवाइ गरी बाबालाई २ मुद्दामा १०–१० वर्षको जेल सजाय सुनाइएको थियो ।
रम रहीम जेल गएको आज १ वर्ष पूरा भयो । यसका साथै पंचकुलामा भएको हिंसाको पनि १ वर्ष पूरा भयो । जेलमा बाबाका ३६५ दिन कसरी बिते भन्ने विषयमा कैयौं जानकारी बाहिरिए । जेलको जिन्दगीले राम रहीमलाई पूरै बदलेको बताइएको छ । यद्यपि उनी बाहिर आउन चाहन्छन् र भत्तःहरुलाई प्रवचन सुनाउन चाहन्छन् । जेलमा राम रहीम आलु, भान्टा लगायतका तरकारी उमार्छन् । राम रहिम हरेक दिन जेलमा कडा मेहनत गर्छन् ।
राह रहिम धेरै किसिमका काम गर्छन् तर धेरैजसो भने बिरुवा उमार्ने काम गर्छन् । उनी बाहिरका मानिसहरुसँग कुरा गर्न चाहन्छन् आफ्नो दुःख बाँड्न चाहन्छन् । राम रहिमले जेलमै सत्संग चलाउन चाहन्थे । यसका लागि उनले जेल अधिकारीसँग कुरा पनि गरेका थिए तर जेल अधिकारीले यो कुरा अस्वीकार गरे । जेलमा राम रहिमलाई विशेष ब्यारेकमा राखिएको छ । उनीसँग ५-६ बन्दी अरु पनि छन् । जेलमा राम रहिमलाई कुनै भिआइपी सुविधा दिइँदैन । राम रहिमको दिनचर्या अन्य बन्दीहरुको जस्तै हुन्छ ।
हप्तामा २ दिन बाबाका परिवार उनीसँग भेट्न आउँछन् । कुराकानीको क्रममा परिवारका व्यक्तिहरुको भिडियोग्राफी पनि गराइन्छ । सूत्रका अनुसार राम रहिमसँग भेट्न आएका व्यक्तिहरुको भेटघाट जेलको छुट्टै ब्यारेकमा गराइन्छ । ३६५ दिनमा बाबाको तौल पनि कम भएको छ । अनुहारको चमक पनि हराएको छ र अब उनको दाह्री पनि सेतो भएको छ ।
जेलमा २० वर्षको सजाय काटिरहेका राम रहिमको नाश्तादेखि खानासम्मको भिडियोग्राफी गराइन्छ । खाना खाने क्रममा पनि प्रहरी अधिकारी सँगै हुन्छन् । प्रत्येक हप्ता सबै भिडियो विभागीय अधिकारीलाई पठाइन्छ । जेलमा बाबाले अहिलेसम्म पारिश्रमिक भनेर १ रुपियाँ पनि पाएका छैनन् । जेल नियमका अनुसार बाबाले काम गरेको बदलामा पाउनुपर्ने पारिश्रमिक अनलाइनमार्फत उनको खातामा जानुपर्ने थियो । नगद भुक्तानीको प्रावधान छैन । बाबाका सबै बैंक खाता सिल भएका कारण उनलाई पारिश्रमिक भुक्तानी गरिएको छैन ।
जेलमा बसेर राम रहीम बाइबल पढिरहेका छन् । अन्य किताब पनि पढ्छन् । ब्यारेकमा उनी चुपचाप बस्छन् र अबेर रातीसम्म घुमिरहन्छन् । दिनमा घण्टौं मजदुरी गर्छन् । बाबालाई कैदीको वर्दी दिइएको छ । उनी अनुशासनमा रहेर काम गर्छन् र व्यवहार पनि राम्रो छ । बाबालाई अहिले जेलमा तरकारी फलाइरहेको नै देखिएको छ । जेल प्रशासनले राम रहिमको जेलको खातामा हर महिना ५ हजार जम्मा गराउँछ जसबाट उनले जेलको क्यान्टिनबाट फल र समोसाजस्ता नास्ता किन्छन् । उनी मर्निङवाक र योगा पनि गर्छन् । आफ्ना सबै काम आफैं गर्छन् । उनले फलाएका तरकारी जेलको मेसमा पठाइन्छ । उनले प्रतिदिन २० रुपैयाँ पारिश्रमिक पाउँछन् ।