सेनाका लागि ४६ हजार करोड खर्च गरिँदै, विश्वको शक्तिाशाली देश बन्ने तयारी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १४:१४

नयाँदिल्ली । भारतले आफ्नो सैन्य क्षेत्रलाई बलियो बनाउन ४६ हजार करोड भारतीय रुपैयाँ खर्च गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका सुरक्षा परिषद्ले यो बजेटबारे अनुमित दिएको हो।

यो रकम मध्ये २१ हजार करोड भारु नौसेनाको १११ यूटिलिटी र २४ मल्टी रोल हेलिकोप्टर खरिद गर्न खर्च हुनेछ । दुई इन्जिनसहतिको यूटिलिटी हेलकोप्टर युद्ध विमानबाटै उडान भर्न सक्ने बताइएको छ । यो हेलिकोप्टरले मौजुदा सिंगल इन्जिन भएको चेतक हेलिकोप्टरलाई विस्थापन गर्र्ने जनाइएको छ।

नौसेनालाई हेलिकोप्टरका साथै छोटो दुरीको मिसाइल पनि उपलब्ध गराइने छ। यसबाट आक्रमणकारी मिसाइललाई आकशमै खसाल्न सकिने र यसले युद्धपोतको आत्म रक्षा सुदृढ हुने बताइएको छ । यो सँगै ३ हजार ३ सय ६४ करोडको बजेटबाट सेनालाई १५० आधुनिक तोप उपलब्ध गराइनेछ । यस्तै करिब २२ हजार करोड अन्य काममा खर्च गरिनेछ।

भारतीय रक्षामन्त्रालयले स्ट्राटिजिक पार्टनरसिप (एसपी) मोडललाई अनुमति दिएपछि भारत सैन्य क्षेत्रमा लगानी बढाउन लागेको हो । यो योजनाअनुसार अब भारतमै सैन्य सामाग्री उत्पादनसमेत हुनेछ । पनडुब्बी, युद्ध ट्यांक, लडाकु विमान र हेलिकोप्टरसमेत अब भारतीय कम्पनीले उत्पादन गर्ने जनाइएको छ।

२०७५ भदौ ९ गते १४:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “सेनाका लागि ४६ हजार करोड खर्च गरिँदै, विश्वको शक्तिाशाली देश बन्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर