जनैपूर्णिमाको विशेष परिकार क्वाँटी खानु स्वास्थ्यका लागि फाइदाजनक !
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १४:४०

भोली जनैपूर्णिमा । जनैपुर्णिमाको विशेष परिकार हो क्वाँटी । जसलाई नौथरी गेडागुडीको मिश्रणबाट बनाइन्छ । ३ दिन अघि गेडागुडी भिजाएर टुसा उम्रिएपछि पकाइन्छ र त्यसलाई क्वाँटी भन्ने गरिन्छ । जसमा मस्याङ, चना, मुगी, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ मिसाइएको हुन्छ ।
क्वाँटी खाँदा धेरै फाइदा हुने चिकित्सक तथा अग्रजहरु बताउँछन् ।
– यसमा रेसाको मात्रा पनि बढी हुन्छ जस्ले कब्जियत लगायतका समस्याबाट निधान प्राप्त गर्छन् । यस्ले मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
– टुसाएका गेडागुडीमा भिटामिन प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ । यसले मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउने अनुसन्धानहरूले देखाएका छन् ।