रक्षाबन्धनमा सार्वजनिक बिदा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १४:३८

महेन्द्रनगर, धनुषा । प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ। आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिए।

यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए। प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ।

मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ। रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन्।

२०७५ भदौ ९ गते १४:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर