१७ वर्षीया युवतीमाथि १३ जनाले गरे सामुहिक बलात्कार, युवतीको अवस्था गम्भिर

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १४:५९

एजेन्सी । उत्तरी अमेरिकाको मोरक्कोमा १७ वर्षीय युवतीलाई एक महिनासम्म बन्धक बनाएर १३ जनाले बलात्कार गरको छन्। उनले शरीरभरी स्वस्तिक जस्तै कैयौँ आकृति र डिजाईनका ट्याटु देखिएका छन्। उनले आफुँले आफुँमाथि बलात्कार भएको कुरा प्रहरीसँग खुलाएकी हुन्। उनको शरीरका दाग ट्याटु देखेर उनलाई तन्त्र मन्त्रको गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

प्रहरीका अनुसार युवती एकसातादेखि गायब थिईन्। उनी बेपत्ता भएसँगै घर परिवार र आफन्तले निकै खोजी गरे तर पनि उनी फेला परिनन् । केही समयपछि अपरिचित ठाउँमा देखा परिन्। उनलाई बलात्कार गरेर त्याहाँ छोडिएको अनुसन्धानमा खुल्न आएको छ।

तन्त्रमन्त्रको आशंका

युवतीले बताए अनुसार उनलाई एक महिना जंगलमा बन्धक बनाएर राखिएको थियो । उनीहरु अजिवका थिए । उनीहरुले निकै नौले भाषा बोलिरहेका थिए। उनीहरुले युवतीहरुलाई चुरोटले पोलिरहेका हुन्थे उनले भनेकी छन्।

युवतीले आफ्नो शरीरमा पूरै चुरोटले पोलेर ट्याट र विभिन्न आकृती देखिने दाग भएको बताएकी छन्। कतै मन्त्र पनि खोपिएको छ । यसलाई प्रहरीले तन्त्रमन्त्रसँग जोडेर अनुसन्धान पनि गरिरहेको छ।

डाक्टरको निगरानीमा युवती

अहिले फेला परेकी ती युवतीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ। अहिले उनलाई डाक्टरको निगरानिमा राखिएको छ। शरीरमा बनेको ट्याटु र मन्त्र देखेर युवती अत्तालिएकी छन् डराएकी छन्। यस कारण उनलाई मनोवैज्ञानीले पनि सहारा दिईरहेका छन्। बलात्कारीमध्ये ८ जना गत अगष्ट १३ तारिखका दिन पक्राउ परिसकेका छन्।

२०७५ भदौ ९ गते १४:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर