सप्तरीमा खोलाले बगाएर एक ब्यक्तिको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १५:११

काठमाडौँ । सप्तरीको खड्ग नगरपालिका वडा न. ७ बस्ने ६० वर्षीय पुष्पलाल तामाङलाई स्थानीय खड्ग खोलाले बगाएर ज्यान गएको छ ।
शुक्रबार कल्याणपुरको हाट बजार गई घर फर्कने क्रममा खड्ग खोलामा आएको बाढीले बगाएका तामाङ्गको शव शनिबार बिहान फेला परेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कायालय सप्तरीका प्रवक्ता एवं डिएसपी भवेश रिमालले जानकारी दिए ।
२०७५ भदौ ९ गते १५:११ मा प्रकाशित