मन्त्रीले बाँडेका जुत्ता-चप्पलले क्यान्सर भएपछि बबाल
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १५:०४

नयाँदिल्ली । भारतको मध्यप्रदेश भाजपा कार्यालयमा हलचल मच्चिएको छ । कारण हो केन्द्रीय छाला अनुसन्धान संस्थान चेन्नईको प्रतिवेदन। संस्थानको प्रतिवेदनमा मुख्यमन्त्री शिवराज चौहानले वितरण गरेका जुत्ता चप्पलमा खतरनाक रसायन एजेटओ फेला परेको छ । यो रसयान भएका जुत्ता चप्पल लगाउँदा क्यान्सर हुने प्रतिवेदनमा जनाइएको छ।
संस्थानको यो प्रतिवेदनपछि भोपाल सरकारले जुत्ता चप्पल वितरणमा प्रतिबन्धसमेत लगाएको छ । राज्यका वनमन्त्रीले शनिबार एक पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
समाचारनुसार मध्य प्रदेश सरकारले हालसम्म १० लाख सेवाग्राहीलाई यस्ता जुत्ता चप्पल वितरण गरिसकेको छ । मुख्यमन्त्री शिवराज चौहानले गएको मे २० मा एक विशाल कार्यक्रम गरी जु्त्ता चप्पल वितरण कार्यक्रमको सुरुआत गरेका थिए । सरकारसँग अँझै यस्ता ११ लाख जोड जुत्ता चप्पल स्टक रहेको बताइएको छ।
अनुसन्धान संस्थानका वरिष्ठ जैज्ञाननिक डाक्टर केजे श्रीरामले जुत्ताका भित्र रहेका काला रंगका तलुवामा एजेटओ रसायन फेला परेको बताए। उनले खुट्टामा काँटा बिजेमा, काटिएमा यो रसायन मानिसको शरीरमा प्रवेश गर्ने जनाए । उनले यो रसायनका कारण छालाको क्यान्सर हुने सम्भावना बढेको बताए । केन्द्रीय वन तथा वातावरण मन्त्रालयले १९९७ मै यो रसायनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो।
राज्यका वनमन्त्री गौरीशंकर शेजवारले भने वितरण गरिएका जुत्ता चप्पलमा यसप्रकारको रासायन भएको दावी गरे । उनले वितरण गर्नुभन्दा पहिला नै जाँच गरिएको बताए । उनले जुत्ता चप्पल बनाउने कम्पनीलाई सुधारका लागि निदेशनसमेत दिएको जानकारी दिए । उनले करिब २ लाख जोडी जुत्ता चप्पल सुधारका लागि निर्देशन दिएको बताए।
तर समाचारमा सरकारले वितरणभन्दा पहिला यी जुत्ताको जाँच नगाराएको बताएको छ । समाचारअनुसार सरकारले २२ मेबाट वितरण सुरु गरेको थियो भने अनुसन्धानका लागि १८ जुनमा सेम्पल पठाएको थियो । यस्तै संस्थानले २७ जुनमा प्रतिवेदन दिएको थियो।