महाकाली नदीमा बाढीको खतरा, सतर्क रहन अपिल

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १५:२५

काठमाडाैं । महाकाली नदीको डढेल्धुरामा रहेको पारीगाउँ बाढी केन्द्रमा नदीमा आएको बाढीले सतर्कता तह पार गर्न थालेको छ । शनिबार बेलुकीदेखि महाकाली नदीले सतर्कता तह पार गरेकोले आइतबार बिहानसम्म सचेत रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । यस्तै कर्णाली नदीले पनि शनिबार सतर्कता तह पार गर्न सक्ने शाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । यस्तै मनसुनी वायू सक्रिय भएकाले शुक्रबारदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । राति पनि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

२०७५ भदौ ९ गते १५:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर