चीनको होटलमा आगलागी : १८ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १५:३३

बेइजिङ / चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १८ को मृत्यु भएको छ । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् । राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसार शनिबार विहान ११.५० सम्ममा १८ जनाको मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ ।

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै प्रेषित समाचारमा उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ “घटनाका कारणका बारेमा अनुसन्धान भइरहेको छ, विस्तृत विवरण आउन बाँकी नै रहेको छ,” एक अधिकारीले भने ।

२०७५ भदौ ९ गते १५:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर