ऋणको सट्टा साथीकी बहिनीमाथि आँखा लगाउँदा
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १५:३५

एजेन्सी । साथीलाई ऋण दिएर उसकी बहिनीसँग कुकर्मको इच्छा व्यक्त गर्ने व्यक्तिको हत्या भएको समाचारले भारतमा तरंग ल्याएको छ।
समाचारअनुसार एक साथीले १० लाख रुपैयाँ ऋण दिएको थियो । साथीले ऋण् चुकाउन नसकेपछि उसले ऋण माफ गरिदिने तर, त्यसको सट्टा एक दिनका लागि बहिनी मिलाउन भनेको थियो ।
साथीको यस्तो अफरले हैरान भएको यूवकले साथीलाई मजाले रक्सी खुवाएर गंगा नदीमा सेल्फी खिच्ने बाहाना बनाएर नदीमा डुबायो तर, अरुले उसलाई डुब्नबाट जोगाए । यसपछि सो यूवकले त्यो साथीलाई कारमा ल्यार हत्या गरेको भारतीय सञ्चार माध्यममा जनाइएको छ।
यो घटनामा प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ। आरोपी सौरध सिंह नोयडा सेक्टर ४८ बरौलाको भएको बताइएको छ। उसले बाल्यकालको साथी नागेन्द्रबाट ऋण लिएको थियो।
नागेन्द्रले ऋणको सट्टा सौरभकी बहिनी मागेपछि यो घटना भएको प्रहरीले जनाएको छ।
२०७५ भदौ ९ गते १५:३५ मा प्रकाशित