यस्तो देश ! जहाँका महिलाले पनि सेविङ गर्छन्

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १५:५०

एजेन्सी, पुरुषहरूले त दाह्री काट्ने वा सेभिङ गर्ने गर्छन्, यो त हामीलाई थाहा भएकै कुरो हो । तर, तपाईंले कहिल्यै सुन्नुभएको छ ? यस्तो देश जहाँ, महिलाले पनि सेविङ गर्ने गर्छन् ।

तपाईं पत्याउन सक्नुहुन्न होला जापानमा महिलाले पनि सेविङ गर्छन् । जापानी महिलाका अनुसार सेविङ गर्दा फेसियलपछि उनीहरूको त्वचामा देखिने स्किन हेयरबाट छुटकारा पाइन्छ ।

पहिला जापानमा महिलाले सेविङ त्यत्ति गर्दैनथिए । पछि सैलुनको संख्या बढ्दै गएपछि उनीहरूले यस विषयमा पनि ध्यान दिन थालेका हुन् । त्यसपछि त कति महिलाले त आफ्नो घरमै ब्लेड ल्याएर आफैं गालामा खुर्किन थाले ।

यस्तो ट्रेन्ड चलेपछि, जापानमा महिलाहरूको लागि सेविङ भनेर बेग्लै सैलुन पनि खुल्न थाले । यसरी सेविङ गर्दा अनुहार वा गालामा स–साना रौं अनावश्यक रूपमा नपलाउने विश्वास राख्छन् ।

२०७५ भदौ ९ गते १५:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर