खोला किनारमा महिलाको शव फेला, बलात्कारपछि हत्याको शङ्का

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १६:११

दाङ । देउखुरीमा एक महिलाको शव फेला परेको छ । राप्ती गाउँपालिका–५ पहरुवास्थित दोलाइखोला किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

आज दिउँसो दोलाइखोला नजिक शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । खोलाले बगाई ल्याएको शवको पहिचान हुन नसकेको प्रहरी जनाएको छ । स्थानीयले बलात्कारपछि हत्या भएको शंका गरेका छन् ।

२०७५ भदौ ९ गते १६:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर