कञ्चनपुर काण्ड: मृतकका परिवारलाई १० लाख, एसपी निलम्बनमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १६:२७

काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको परिवार र उनका हत्यारालाई कारबाहीको माग राखी भएको आन्दोलनमा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको बताइएको छ । साथै सहसचिवको नेतृत्वमा बनेको छानविन समितिलाई गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ ।

यसैबीच निर्मला हत्याकाण्डमा आफ्नो कर्तव्य पूरा नगरेको आरोप लागेका एसपी डिल्लीराज विस्टलाई सरकारले निलम्बन गरेको छ । निर्मलाको हत्या हुँदा कञ्चनपुर प्रहरी प्रमुख रहेका विस्टले कर्तव्य पूरा नगरेको आरोप छ । स्थानीयवासीले एसपीले वास्ताविक दोषीलाई जोगाउन नक्कली दोषी सार्वजनिक गरेको भन्दै आन्दोलन गरिरहेका छन् ।

यसअघि गृह मन्त्रालयले डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर तान्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

२०७५ भदौ ९ गते १६:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर