रौतहटको लालबगैया नदीमा डुंगा पल्टिदाँ २५ जना बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते ०:०२

रौतहट । रौतहटको लालबगैया नदीमा डुंगा पल्टँदा २५ जना बेपत्ता भएका छन्।

४० जना सबार रहेको उक्त डुङ्गा बेलुका ७ बजेतिर दुर्घटनामा १५ जनालाई जीवितै उद्धार गरेको रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए।

जिल्लाको गौर नगरपालिका र इसनाथ नगरपालिका बीचबाट बग्ने लालबकैया नदीमा शनिबार साँझ डुंगा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालका अनुसार करिब ४० जना चढेका डुंगाका १५ यात्रुलाई भने प्रहरीले जीवित उद्धार गरेको छ।

बेपत्ता यात्रुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायत स्थानीयहरु खोजी कार्यमा जुटेको ढकालले जानकारी दिए।

बेपत्ता यात्रुको खोजी कार्य गर्नका लागि इन्डियाको गुवाघाटको सुरक्षाकर्मी टोली पनि खोजी कार्यमा जुटेको उनले बताए।

२०७५ भदौ १० गते ०:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर