‘विमस्टेकमा सबैलाई होइन, विद्यालय बिदा’

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १:०२

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक)को चौथो शिखर सम्मेलनका क्रममा सार्वजनिक बिदा दिने वा सवारी जोरबिजोर प्रणालीमा चलाउने टुङ्गो अझै लागेको छैन ।

जोरबिजोर प्रणालीबारे छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । ‘के गर्दा उपयुक्त हुन्छ भनेर हामी छलफलकै क्रममा छौं, मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने– ‘सार्वजनिक बिदाभन्दा पनि विद्यालयहरु बिदा दिँदा सवारी आवागमन सहज हुन सक्छ ।’ आजको नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ ।

२०७५ भदौ १० गते १:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर