कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते २:०२

कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ ।

आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो ।
दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो ।

पाँच घण्टाका लागि कफ्र्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ ।रासस

२०७५ भदौ १० गते २:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर