निर्मला हत्या प्रकरणको अनुसन्धान अब सुरुदेखि

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते २:१७

कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको विषयमा अब ‘जिरो’ अर्थात शुरुदेखि नै अनुसन्धान हुने भएको छ ।

स्थानीयबासिन्दाले सोझो व्यक्तिलाई बलात्कारी भन्दै प्रहरीले फसाएको बताउँदै आन्दोलन चर्काएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर निर्मला हत्याकाण्डको अनुसन्धान सुरुदेखि नै थाल्ने निष्कर्षमा पुगेको हो ।

कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले निर्मला हत्याकाण्ड शुरुवातदेखि नै अनुसन्धान गर्ने बताए । उनका अनुसार जुन घरबाट घटना सुरु भएको हो त्यहीँबाट नै अब अनुसन्धान सुरु हुन्छ । प्रहरीले निर्मला गएको घरका दिदीबहिनी रोशनी र बबिता बमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिसकेको छ ।

यसअघि गाउँलेले उनीहरुको घरमा गएकाले निर्मलाको हत्याका बारेमा उनीहरुलाई नै अनुसन्धानको घेरामा ल्याउन दबाब दिएको भए पनि प्रहरीले ढाकछोप गर्न लागेपछि आन्दोलन चर्किएको थियो । निर्मलाका आमाबुवा तथा स्थानीयले पहिलेदेखि नै सोही घरबाट अनुसन्धान थाल्नुपर्ने माग गरेका थिए ।

२०७५ भदौ १० गते २:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर