यस्ता छन् टुसा उमारेर गेडागुडी खानुका सात फाइदाहरु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते २:३४

अङ्कुर पलाएको (टुसा उम्रेको) अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ।

टुसा पलाएको अन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्दछ। शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको रोकथाम, कोलेस्ट्रोल नियन्त्रण, रक्तचाप नियन्त्रण, शिशुको मस्तिष्क विकास, क्यान्सरबाट बचाउ, छालाको स्वास्थ्यमा सुधार, आँखाको शक्तिमा वृद्धि अनि प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम ‘टुसा पलाएको अन्न’ले गर्दछ।

अङ्कुरित अन्नको पोषणको मूल्याङ्कन गर्दाः

टुसा पलाएको गेडागुडी अर्थात अङ्कुरित अन्नबाट हुने सबै स्वास्थ्य फाइदाहरू यसमा पाइने भिटामिन, खनिज पदार्थ अनि जैविक तत्वबाटै आउने गर्दछ। यसमा प्रोटिन अनि फाइबरको मात्रा पनि प्रशस्तै हुन्छ। साथै यसमा भिटामिन-के, फोलेट, प्यान्टोथेनिक एसिड, भिटामिन-सी र भिटामिन-ए पनि पाइन्छन्।

खनिज पदार्थको कुरा गर्दा अङ्कुरित अन्नमा माङ्गानिज, तामा, जिङ्क, म्याग्नेसियम, फलाम र क्याल्सियम पाइन्छ। गेडागुडीमा टुसा नपलाउँदा सम्म यस्ता पौष्टिक तत्वहरूको मात्रा थोरै हुने गर्दछ भने टुसा पलाउन थालेपछि यिनीहरूको मात्रा ह्वात्तै बढेर आउँदछ।

अङ्कुरित अन्नका स्वास्थ्य फाइदाहरूः
१. पाचन शक्तिः

गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा पनि सुधार ल्याउँदछ। इन्जाइमको सहायताले हामीले खाएको खानालाई सजिलै टुक्र्याउँदछ र त्यसबाट सामान्य भन्दा धेरैमात्रामा पौष्टिक तत्वहरू सोस्न सक्दछ। जसले गर्दा शरीरले पर्याप्त मात्रामा ऊर्जा पनि पाउँदछ।

२. रक्तसञ्चारः

शरीरमा पर्याप्त मात्रामा फलाम भएन भने ‘रक्तअल्पता’ हुन्छ। रक्तअल्पता हुँदा शरीरका मांशपेसी अनि अन्य महत्वपूर्ण अङ्गमा रगतको सञ्चार हुन पाउँदैन। यदि हामीले पर्याप्त मात्रामा फलाम भएका खानेकुराहरू खाएनौँ भने शरीरमा बिस्तारै रक्तकोषको मात्रा घट्दै जान्छ, किनभने रक्तकोष निर्माणको लागि चाहिने महत्वपूर्ण तत्व भनेकै फलाम हो। यसले गर्दा शरीर आलश्य हुने, एकाग्रताशक्ति घट्ने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, पेटमा गडबडी हुने जस्ता समस्याहरू देखा पर्दछन्। टुसा उम्रेको अन्नमा प्रशस्तै मात्रामा फलाम पाइन्छ, जसले यस्ता समस्याहरूबाट सजिलै राहत प्रदान गर्दछ।

३. मोटोपनाः

अङ्कुरित अन्न यस्तो खानेकुरा हो, जसमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुन्छ। यसको मतलब तपाईँले कुनै चिन्ता नै नगरी यसलाई खान सक्नुहुन्छ। फेरि, यसमा हुने फाइबरले गर्दा शरीरमा घ्रेलिन नामक हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ। ८घ्रेलिन हरमोनले हामीलाई भोक लागेको छ भनेर मस्तिष्कमा सूचना पठाउने गर्दछ। ८ जसले गर्दा अघाउनको लागि टन्नै खानुपर्ने जरुरी हुँदैन र मोटोपनाको चिन्ता पनि हुँदैन।

२०७५ भदौ १० गते २:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर