सनी लियोनीको नाम दुर्गावती सिंह, मतदाता परिचय पत्र जारी (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते ५:३४

मुम्बर्इ। बलिउड अभिनेत्री सनी लियोनीको वास्तविक नाम सनी होइन । उनको वास्तविक नाम करनजीत कौर वोहरा हो ।

धेरैलाई उनको वास्तविक नाम थाहा नहोला तर अहिले अर्को विचित्र घटना भएको छ । सनी लियोनीको फोटोसहितको मतदाता परिचय पत्र जारी भएको छ जहाँ उनको नाम दुर्गादेवी सिंह उल्लेख छ ।

भारतको उत्तर प्रदेको बालिया जिल्लाकी मतदाताको रुपमा भारतको निर्वाचन आयोगले सनी लियोनीको फोटोसहितको मतदाता परिचय पत्र जारी गरेको हो । निर्वाचन आयोगको लापरवाहीका कारण त्यो परिचय पत्रमा अर्कै महिलाको फोटो हुनुपर्नेमा सनी लियोनीको फोटो छापिएको छ । यतिमात्र होइन यहाँबाट हात्ती, परेवा र हरिणको समेत फोटोसहितको मतदाता परिचय पत्र जारी भएको छ ।

पूर्व मन्त्री तथा समाजवादी पार्टीका नेता नारद रायको मतदाता परिचय पत्रमा समेत हात्तीको फोटो छापिएको छ । भिडियोमा हेर्नुहोस् कस्ता कस्ता मतदाता परिचय पत्र जारी भएका छन् –

२०७५ भदौ १० गते ५:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर